२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पर्सामा रवि लामिछानेको बयान आज पनि जारी

पर्सा प्रहरीले सोमबार प्रारम्भिक बयान लिएपछि आजबाट औपचारिक बयान सुरु हुने बताइएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २५९
  • पर्सा - सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज पनि बयान हुने भएको छ।

    पर्सा प्रहरीले सोमबार प्रारम्भिक बयान लिएपछि आजबाट औपचारिक बयान सुरु हुने बताइएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बयान सकिएपछि लामिछानेलाई पुनः कास्की पठाइनेछ।

    कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार पोखराबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याई सिमरा पुर्‍याइएको थियो। त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो।

    पर्सा लग्ने जानकारी पाएपछि लामिछानेका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए। सानो पाइला बचत सहकारीको झन्डै १ अर्ब ३५ करोड रुपैयाँ हिनामिनाको उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो।

    प्रहरीले घटनाको छानबिनलाई तीव्रता दिइरहेको छ।