२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई पर्सा बाट पोखरा पठाइयो

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की पठाउने तयारी गरेको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १४४
  • पर्सा- पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की पठाउने तयारी गरेको छ।

    जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले लामिछानेसँग बयान लिएको थियो। बयान प्रक्रिया सम्पन्न भएसँगै उनलाई विमानमार्फत कास्की पठाउन लागिएको हो।

    हाल उनी सिमरा विमानस्थलमा रहेको जनाइएको छ। पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालका अनुसार लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्‍याइने छ।

    सहकारी ठगी मुद्दामा थप अनुसन्धानका लागि उनलाई कास्की पठाइएको हो।