८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कालीमाटीमा आलु र काउलीको भाउ घट्यो

कालीमाटी फलफूल तथा तरकारी बजारमा आलु र काउलीको भाउ घटेको छ।



Vegetables
  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या १२२
  • काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजारमा आलु र काउलीको भाउ घटेको छ। उत्पादनको सिजन रहेकाले पर्याप्त आपूर्ति हुन थालेसँगै यी वस्तुहरू सस्तो भएको बजार विकास समितिले जनाएको छ।

    बजार विकास समितिका अनुसार, एक साताअघि प्रतिकिलो ७५ रुपैयाँ रहेको रातो आलु अहिले ६५ रुपैयाँमा झरेको छ। भारतीय रातो आलु प्रतिकिलो ५५ रुपैयाँमा झरेको छ।

    यसैगरी, एक साताअघि प्रतिकिलो १ सय रुपैयाँमा कारोबार भएको काउलीको भाउ अहिले ६० रुपैयाँमा झरेको छ। सानो गोलभेँडाको भाउ पनि घटेर ८० रुपैयाँबाट ६५ रुपैयाँमा पुगेको छ। तर, भारतीय ठूलो गोलभेँडाको मूल्य भने प्रतिकिलो १०० रुपैयाँमै स्थिर छ।

    तरकारीहरूको भाउमा केही उतारचढाव देखिएको छ। बोडीको मूल्य बढेर बिहीबार १३० रुपैयाँ पुगेको छ। मटरकोशा प्रतिकिलो १६० रुपैयाँ, घिउ सिमी ९०, टाटे सिमी १००, तिते करेला ९०, लौका ६०, परवर ७०, घिरौंला ९०, पाकेको फर्सी ६०, भिन्डी ९०, बरेला १२०, इस्कुस ३०, र रायो साग अधिकतम ३५ रुपैयाँमा कारोबार भएको छ।