२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने आज कास्की जिल्ला अदालतमा उपस्थित भएका छन्।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १८५
  • कास्की, पुस ७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज कास्की जिल्ला अदालतमा उपस्थित भएका छन्।

    सरकारी वकिलको कार्यालयले लामिछानेसहित पाँच जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरेको हो।

    पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा शुक्रबार सहकारीका तत्कालीन अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

    बाँकी प्रतिवादीहरूमाथि आज मुद्दा दर्ता गर्ने तयारी भएको सरकारी वकिलको कार्यालयले जनाएको छ।