पोखरा, पुस ११ - सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा बयानका लागि लगिएको छ।
उनलाईसँगै पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई, र रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको हो।
प्रहरीका अनुसार छविलाल जोशीको बयान सकिएको छ भने लीलाको बयान जारी छ। लीलाको बयानपछि रविको बयान सुरु हुने बताइएको छ।
पोखराको सूर्यदर्शन सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको आरोपमा प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो। यस मुद्दामा व्यक्ति र कम्पनीसहित ६३ जना प्रतिवादी बनाइएको छ।
प्रतिक्रिया दिनुहोस