२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेकपा माओवादी केन्द्रको तराई/मधेश जागरण अभियान सुरु

नेकपा माओवादी केन्द्रले शहीद, बेपत्ता र घाइते परिवारसँग भेटघाट गर्दै सरकारको भ्रष्टाचार र अनियमिततासमेत भण्डाफोर गर्ने उद्देश्य राखी जागरण अभियान सुरु गरेको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १३९
  • झापा - नेकपा माओवादी केन्द्रले आज झापाबाट तराई/मधेश जागरण अभियान सुरु गरेको छ। यस अभियानमा शहीद, बेपत्ता र घाइते परिवारसँग भेटघाट गर्ने योजना बनाएको छ ।

    कचनकवल गाउँपालिकाको बनियानीमा अभियानको उद्घाटन गरियको छ, जसको समापन चैत ७ गते कञ्चनपुरमा हुने जनाइएको छ। यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता–कार्यकर्ता झापा पुगिसकेका छन्।

    महासचिव देव गुरुङका अनुसार यो अभियान हुलाकीमार्ग केन्द्रित हुनेछ र शहीद, बेपत्ता र घाइते परिवारसँग भेटघाट गर्दै सरकारको भ्रष्टाचार र अनियमिततासमेत भण्डाफोर गर्ने उद्देश्य रहेको छ।

    अभियानका कार्यक्रम विभिन्न जिल्लामा हुनेछ, जसमा कोशी प्रदेश देखि सुदूरपश्चिम प्रदेश सम्मका विभिन्न स्थानहरू समावेश छन्। माओवादी केन्द्रले आगामी दिनमा सरकारको गलत कामका विरुद्ध जनजागरण अभियान चलाउने छ।