६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाली विशेषताको समाजवादबिना जनताको मुक्ति सम्भव छैन : कपिल सी

कपिल सीले वर्तमान व्यवस्थाको निकास नेपाली विशेषताको समाजवादले मात्र दिने बताएका छन्।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १६९
  • गोरखा, फागुन १६ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल सीले वर्तमान व्यवस्थाको निकास नेपाली विशेषताको समाजवादले मात्र दिने बताएका छन्।

    बुधबार नेकपा गोरखा नगरपालिकाले शहिद सप्ताहको अवसरमा आयोजना गरेको शहिद स्मरण तथा सहिद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कपिल सीले यस्तो धारणा राखेका हुन्।

    कार्यक्रमका प्रमुख अतिथि कपिल सीले मुलुकको नेतृत्व नेकपाले नगरेसम्म शहिद तथा बेपत्ता परिवारका सपना पूरा हुन नसक्ने दाबी गरे। उनले भने, “जबसम्म देश नेकपाको नेतृत्वमा नेपाली विशेषताको समाजवादमा जाँदैन, तबसम्म जनताको मुक्ति सम्भव छैन।”

    उनले देशका शहिद परिवार, बेपत्ता परिवार, बुद्धिजीवी, देशभक्त क्रान्तिकारी समाजवादका अनुयायी, सम्पूर्ण कम्युनिस्ट लोकतन्त्रवादी, माओवादी घटक तथा राष्ट्रिय पुँजीपतिहरू एकजुट भएर वर्तमान व्यवस्थाको विरुद्ध धावा बोल्नुपर्ने आवश्यकता औँल्याए। “देश नेपाली विशेषताको समाजवादतर्फ अग्रसर भएपछि मात्र जनताको वास्तविक मुक्ति सम्भव हुनेछ,” उनले थपे।

    कार्यक्रम नेकपाका प्रतिनिधि समिति सदस्य योगेन्द्र सीको अध्यक्षतामा सम्पन्न भएको थियो। संचालन प्रकाश सीले गरेका थिए भने अञ्जना सी, रन सी, र टोपबहादुर सीले आफ्ना मन्तव्य राखेका थिए। कार्यक्रममा शहिद तथा बेपत्ता परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।