२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शहीदको सपना पूरा गर्न कम्युनिस्ट एक हुनुपर्छ: कपिल सी

कपिल सीले सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक भएर नेपाली विशेषताको समाजवादमा नगएसम्म शहीदहरूको सपना अधुरै रहने बताएका छन्।



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या २२३
  • गोरखा, फागुन २० – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल सीले सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक भएर नेपाली विशेषताको समाजवादमा नगएसम्म शहीदहरूको सपना अधुरै रहने बताएका छन्।

    सहिद सप्ताहको अवसरमा गोरखाको पालुङटारमा आयोजित शहीदतथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै उनले नेकपाले एकीकृत जनक्रान्ति मार्फत समाजवादको मार्ग तय गरेको उल्लेख गरे। कार्यक्रममा दशवर्षे जनयुद्धका सहिद परिवारहरूलाई अभिनन्दन गर्दै नेकपाको झन्डा अंकित कप प्रदान गरिएको थियो।

    सहिद परिवारको तर्फबाट महेन्द्र मरहठ्ठा र नरनाथ मरहठ्ठाले मन्तव्य राखेका थिए भने नेकपा माओवादीका सिरानचोक गाउँपालिकाका उपाध्यक्ष धनबहादुर तामाङले समेत धारणा व्यक्त गरेका थिए।