२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विप्लव सी ले मधेस पुगेर गरे यौद्धा तथा सहिद परिवारलाई सम्मान

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मधेस पुगेर यौद्धा तथा सहिद परिवारलाई सम्मान व्यक्त गरेका छन् ।



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १७०
  • सिरहा, चैत्र ११  – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मधेस पुगेर यौद्धा तथा सहिद परिवारलाई सम्मान व्यक्त गरेका छन् ।

    उनले सहिद अजबलाल यादवको स्मृतिमा विभिन्न काम गरेका हुन् । विप्लवले सहिद अजवलाल यादव स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको उद्घाटन गरेका छन् । सोही दिन उनले १६ जना यौद्धा तथा सहिद परिवारलाई सम्मान तथा अभिनन्दन व्यक्त गरेका हुन्।

    सिरहाबाट माइला दाई, थिरमाया तामाङ, हरिलाल यौन्जन र लिलादेवि तिवारी, धनुषाबाट विहारी राय, अमात, शोभित यादव, शिला यादव, अजबलाल यादवकी आमा रामपरिदेवि यादव र कारोदेवि यादव अभिनन्दित भएका छन् । त्यसैगरी महोत्तरीका भिष्म खड्का, सर्लाहीका प्रेमबहादुर राना मगरसहित १६ जनालाई अभिनन्दन गरिएको प्रतिष्ठानले जनाएको छ । उक्त कार्यक्रम विप्लव सीको प्रमुख आतिथ्यमा धनुषाधाम ३, को लक्ष्मी इङलिस बोर्डिङ स्कुलमा सम्पन्न भएको छ ।

    विप्लवले अजवलाल स्मृति प्रतिष्ठानको कार्यलय उद्घाटन, अजवलाल स्मृतिमा निर्माण गरिएको शालिकमा माल्यार्पण, गेटको रङ लगाउने तथा सरसफाइ, प्रतिष्ठानद्वारा सन्चालित पुस्ताकालयको उद्घाटन, अजवलाल यादवको स्मृतिमा बाटो सरसफाइ लगायतका काम गरेका छन् ।