२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेकपा लुम्बिनी प्रदेश बैठक कपिलवस्तुमा, महासचिव विप्लवद्वारा प्रशिक्षण हुने

बैठकमा पार्टी महासचिव कमरेड विप्लव (नेत्र विक्रम चन्द) ले महत्वपूर्ण प्रशिक्षण दिने कार्यक्रम तय भएको पार्टी स्रोतले जनाएको छ।



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या ३६७
  • कपिलवस्तु, चैत २९ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश सचिवालयको दोस्रो बैठक कपिलवस्तुमा जारी छ।

    बैठक नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज कमरेड सन्तोष सी को अध्यक्षतामा पार्टीको केन्द्रीय सम्पर्क कार्यालय, कपिलवस्तुमा सम्पन्न भइरहेको छ।

    बैठकमा पार्टी महासचिव कमरेड विप्लव (नेत्र विक्रम चन्द) ले महत्वपूर्ण प्रशिक्षण दिने कार्यक्रम तय भएको पार्टी स्रोतले जनाएको छ।

    बैठकमा संगठनात्मक समीक्षा, राजनीतिक दिशा तथा आगामी योजना सम्बन्धी विषयहरूमा छलफल हुने जनाइएको छ।