२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

महासचिव विप्लव सी र कृषि विज्ञहरूबीच भेटघाट, कृषि आत्मनिर्भरताबारे महत्वपूर्ण छलफल

महासचिव विप्लव सीले कृषि आत्मनिर्भरता राष्ट्रिय हितसँग जोडिएको विषय भएको उल्लेख गर्दै, यसतर्फ पार्टी गम्भीर रहेको धारणा व्यक्त गरेका थिए।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या २२६
  • कपिलवस्तु, चैत २९ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी सँग कृषि क्षेत्रका विज्ञ र उद्यमीहरूले महत्वपूर्ण भेटघाट तथा छलफल गरेका छन्।

    पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटघाटमा कृषि वैज्ञानिक डा. निरोज पौडेल, अर्कागानि मलका म्यानेजर सुदिप वास्तोला र कृषि उद्यमी मार्काण्डे अधिकारी सहभागी थिए।

    भेटघाटका क्रममा मुलुकको कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने विषयमा केन्द्रित रहेर गहन विचारविमर्श भएको जनाइएको छ। साथै, हाल कृषि क्षेत्रमा देखिएका समस्याहरू, ती समस्याको समाधानका सम्भावित उपायहरू र दीर्घकालीन रणनीतिका बारेमा पनि विस्तृत छलफल भएको थियो।

    महासचिव विप्लव सी ले कृषि आत्मनिर्भरता राष्ट्रिय हितसँग जोडिएको विषय भएको उल्लेख गर्दै, यसतर्फ पार्टी गम्भीर रहेको धारणा व्यक्त गरेका थिए। भेटमा सहभागी विज्ञ र उद्यमीहरूले नीति निर्माणदेखि व्यवहारिक कार्यान्वयनसम्म सहकार्य आवश्यक रहेको बताए।

    पार्टीका अनुसार यस्ता छलफलहरूले कृषि क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।