नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको अवस्थामा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन्। उनले पार्टीभित्र नेतृत्व क्षमताका आधारमा चयन हुने बताउँदै उनले भनेका छन् , 'म जत्तिकै सक्रिय, संयोजनकारी क्षमता भएका व्यक्ति देखिएनन्'।
उनले टीका लगाएर नेता बन्ने चलन गलत भएको जिकिर गर्दै नेतृत्व अनुभव, त्याग र जनसमर्थनले तय हुने बताए। प्रचण्डले गणतन्त्रको १७ वर्षमा विकासका धेरै काम भएपनि अपेक्षाअनुसारको उपलब्धि नहुँदो हो भन्ने स्वीकार गरे।
उनले भने, 'हामीले आत्मसमीक्षा गरेका छौं, गल्ती स्वीकार गरेका छौं। अब राजनीतिक दलहरूले जनताको भावना अनुसार आफूलाई बदल्नुपर्छ।'
प्रचण्डले पार्टी नेतृत्व आगामी अधिवेशनसम्म नयाँ साथीहरूलाई दिन सकिने संकेत पनि दिएका छन्।
प्रतिक्रिया दिनुहोस