१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बजेटमा निजी क्षेत्रको सुझाव : खाडीमा हिमालको पानी बेचेर विदेशी मुद्रा आर्जन गरौं

पानी उत्पादनको मापदण्ड अभावमा निर्यातमा समस्या आइरहेको व्यवसायीहरूको गुनासो छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ५१९
  • काठमाडौं, वैशाख ३० – आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा सरकार जुटिरहेका बेला निजी क्षेत्रले खाडी मुलुकमा हिमाली पानी निर्यातको माग राखेको छ।

    नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई उक्त प्रस्ताव सिफारिस गर्दै हिमालको पानी बेचेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताएको छ।

    महासंघका अनुसार खाडी मुलुकमा हिमाली पानीको माग उच्च छ, जसका लागि एयरपोर्टमा कोल्ड स्टोरेज, एक्स–रे मेसिन र वेयरहाउसको व्यवस्था गर्नुपर्ने आवश्यकता छ।

    हाल नेपालबाट मिनरल वाटर, हिउँ पग्लिएको पानी र चिनी मिसाइएको पानी गरी तीन प्रकारका पानी निर्यात हुँदै आएका छन्। प्रमुख ब्रान्डहरूमा रसुवा, नेपाल स्प्रिङ र किन्ले रहेका छन्।

    चीन, जापान र हङकङजस्ता मुलुकमा नेपाली पानीको माग बढ्दो छ। तर पानी उत्पादनको मापदण्ड अभावमा निर्यातमा समस्या आइरहेको व्यवसायीहरूको गुनासो छ।

    निजी क्षेत्रको भनाइ छ, सरकारले बजेटमै स्पष्ट कार्यक्रम ल्याएमा ठूलो मात्रामा विदेशी मुद्रा भित्र्याउन सकिनेछ।