२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारले रवीन्द्र मिश्रमाथि गरेको दुर्व्यवहार निन्दनीय : सांसद झा

'राज्यले विचार फरक भएकामाथि पनि सम्मानजनक व्यवहार गर्नुपर्छ', उनले भने।



  • अञ्जना ढकाल
  • ७ दिन अघि
  • पाठक संख्या ६७
  • काठमाडौं, वैशाख १६ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा ले राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारले गरेको व्यवहारलाई निन्दनीय बताएका छन्।

    प्रतिनिधिसभाको शून्य समयमा बोलेका झाले मिश्रसँग विचार नमेलिए पनि राज्यको व्यवहार अनुचित रहेको बताए। “राज्यले विचार फरक भएकामाथि पनि सम्मानजनक व्यवहार गर्नुपर्छ,” उनले भने।

    मिश्रलाई चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।