२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भ्रष्टाचार र कमिसन देशको साझा रोग, समाधानका लागि सामूहिक प्रतिबद्धता आवश्यक

सांसद ठाकुर गैरेले देशमा व्याप्त भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्रै नभई सम्पूर्ण राष्ट्रको साझा रोग भएको बताएका छन्।



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ४९
  • काठमाडौं, वैशाख २५ — नेकपा (एमाले)का सांसद ठाकुर गैरेले देशमा व्याप्त भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्रै नभई सम्पूर्ण राष्ट्रको साझा रोग भएको बताएका छन्।

    बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले यस्तो गम्भीर समस्याको अन्त्यका लागि सत्ता पक्ष र प्रतिपक्ष दुबै पक्षले आत्मसाथ गर्नुपर्ने आवश्यकतामा जोड दिए।

    ‘एकले अर्कालाई आरोप-प्रत्यारोप गरेर खुशी व्यक्त गर्ने प्रवृत्ति देखापर्‍यो,’ उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षमा रहेका सबैले बुझ्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबैको साझा रोग हो।’

    गैरेले यस्तो समस्याबाट मुक्ति पाउनका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको उल्लेख गरे। उनले भने, ‘एकले अर्कोलाई आरोपित गरेर, एकले अर्कोलाई लाञ्छित गरेर हामी मुक्त हुन सक्दैनौं।’

    उनको भनाइमा अबको आवश्यकता व्यक्तिगत दोषारोपण होइन, सबै दल र पक्षले मिलेर भ्रष्टाचारविरुद्ध एकजुट प्रयास गर्नु हो।