२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भारत–पाकिस्तान तनाव : भारतको आरोप– पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण, पाकिस्तानको अस्वीकार



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १९२
  • काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीच पुनः तनाव चुलिएको छ। भारतीय सेनाले पाकिस्तानले मे ८ र ९ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियार प्रयोग गरी आक्रमण गरेको दाबी गरेको छ।

    भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (ADG PI) ले उक्त आरोप लगाएको हो।

    सेनाले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै भनेको छ, “पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरे। जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरैपटक युद्धविराम उल्लङ्घन भएको छ।”

    भारतीय सेनाका अनुसार, पाकिस्तानी ड्रोन आक्रमणहरूलाई निष्क्रिय पारिएको र युद्धविराम उल्लङ्घनको जवाफ पनि दिइएको छ।

    बीबीसीका श्रीनगरस्थित संवाददाता मजिद जहाँगीरका अनुसार बिहीबार राति करिब ११ बजे उरी सेक्टरमा भारी गोलीबारी भएको थियो। सीमावर्ती नागरिक क्षेत्रहरूलाई पनि निशाना बनाइएको जानकारी दिएका छन्।

    त्यस्तै, राजौरीमा रहेका बीबीसी संवाददाता दिव्या आर्यका अनुसार त्यहाँ पूर्ण रूपमा ब्ल्याकआउट भएको छ।

    यता, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बीबीसीसँगको कुराकानीमा जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका छन्।

    पाकिस्तानका सञ्चारमन्त्री अतुल्लहा तरारले पनि भारत प्रशासित कश्मीरमा कुनै पनि आक्रमण नगरिएको दाबी गरेका छन्। उनले भारतीय मिडियाले गलत सूचना फैलाएको आरोप लगाएका छन्।