८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु, के आज छुट्लान त?

लामिछानेका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ६७
  • काठमाडौं, जेठ ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारबाट सुनुवाइ प्रक्रिया अगाडि बढाइएको हो।

    लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भएको अभियोगमा कारबाही अगाडि बढाइएको छ। यसअघि जिल्ला अदालत रूपन्देहीले उनलाई धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

    यसअघि पनि यस मुद्दामा पटक–पटक पेशी तोकिए पनि न्यायाधीशले हेर्न नमिल्नेमा परेको कारण सुनुवाइ हुन सकेको थिएन।

    सोही इजलासमा सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्व डीआईजी छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिटमा पनि सुनुवाइ सुरु भएको छ।

    सहकारी प्रकरणमा संलग्न भनिएका अन्य अभियुक्तहरूमाथि समेत कानुनी प्रक्रिया अगाडि बढाइएको छ।