२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल परोपकार समाज कुवेतको अधिवेशन अगष्ट ८ मा हुने

आयोजक समितिका अनुसार कार्यक्रम कुवेतस्थित खैतानको राजधानी होटलमा आयोजना हुनेछ।



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या ४५५
  • कुवेत, जेठ १२ - नेपाल परोपकार समाज कुवेतको चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आगामी अगष्ट ८, २०२५ मा सम्पन्न हुने भएको छ। आयोजक समितिका अनुसार कार्यक्रम कुवेतस्थित खैतानको राजधानी होटलमा आयोजना हुनेछ।

    संस्थाले अन्य नेपाली संघ–संस्थाहरुलाई सो दिन कुनै अन्य कार्यक्रम नगर्न अनुरोध समेत गरेको छ। अधिवेशनमा सबै नेपाली संघ–संस्था, समाजसेवी, पत्रकार तथा शुभेच्छुकहरूलाई विशेष आमन्त्रण गरिने आयोजकले जनाएको छ।

    सन् २०२० मा धीरेन्द्र राज सुवेदीको अध्यक्षतामा स्थापना भएको नेपाल परोपकार समाज कुवेतले सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएको छ। हालसम्म करिब ८०० भन्दा बढी पीडित नेपाली कामदारहरूको उद्धार गरी स्वदेश फिर्ता गराउन उल्लेखनीय भूमिका खेलेको छ।

    परोपकार समाज केवल दान वा सहायता दिने संस्था मात्र नभई मानवीय मूल्य, सहअस्तित्व र सामाजिक उत्तरदायित्वको प्रतिविम्ब भएको उल्लेख गर्दै आयोजकले यस्तो समाजले समृद्धि, शान्ति र एकताको मार्ग निर्माण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

    कार्यक्रमले नेपाल र कुवेतबीचको सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।