काठमाडौं, जेठ १३ – आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकअघि भिजिट भिसा प्रकरणका कारण संसद अवरुद्ध गर्ने तयारीमा विपक्षी दलहरू जुटेका छन्।
संघीय संसद भवनस्थित एक हलमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), रास्वपा लगायतका दलहरूको बैठक बसिरहेको छ। बैठकमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भिजिट भिसा प्रकरणको विषयलाई संसदमा उठाउने तथा बैठक अवरुद्ध गर्ने रणनीति तय गरिएको स्रोतले जनाएको छ।
विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्। तर लेखकको दल नेपाली कांग्रेस भने उनको पक्षमा उभिएको छ, र सरकारले अझैसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
उता गृहमन्त्री लेखकले आज संसदमा आफूमाथि लागेको आरोपको खण्डन गर्ने तयारी गरेको बताएका छन्। तर, विपक्षीहरूले उनको पक्ष स्पष्टिकरण सुनछन् या राजीनामाको माग दोहोर्याउँछन् भन्ने विषयमा सबैको चासो केन्द्रित छ।
प्रतिक्रिया दिनुहोस