२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काउलीको भाउ ह्वात्तै घट्यो

स्थानीय काउलीको भाउ बजारमा तीव्र गतिमा घट्न थालेको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १७४
  • काठमाडौं, जेठ १५ — स्थानीय काउलीको भाउ बजारमा तीव्र गतिमा घट्न थालेको छ। दुई दिनअघि प्रतिकिलो ३५ रुपैयाँसम्ममा किनबेच भएको काउली हाल २० रुपैयाँमै उपलब्ध हुन थालेको छ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार, काउलीको थोक मूल्य प्रतिकिलो २० रुपैयाँ तोकिएको छ। बुधबार मात्र यसको मूल्य २६ रुपैयाँ प्रतिकिलो थियो।

    यससँगै दुई दिनको अन्तरालमै काउलीको मूल्यमा १५ रुपैयाँसम्मको गिरावट आएको देखिएको छ।

    कृषि उपजमा आएको यो मूल्य गिरावटको कारण आपूर्तिको वृद्धि वा मौसमीय असर हुन सक्ने अनुमान गरिएको छ। उपभोक्ताहरूका लागि यो राहतको खबर भए पनि किसानहरूले भने मूल्यमा आएको अचानक गिरावटप्रति चिन्ता व्यक्त गरिरहेका छन्।