२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ललितपुरमा खाजा खान होटेल पसेका युवकको शङ्कास्पद मृत्यु

खाजा खान होटेलमा पसेका एक युवकको शङ्कास्पद मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या ११२
  • ललितपुर, जेठ १६ - ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा खाजा खान होटेलमा पसेका एक युवकको शङ्कास्पद मृत्यु भएको छ।

    मृतक काभ्रेको महाभारत गाउँपालिका–५ घर भएका २३ वर्षीय टुकेस मगर हुन्। उनी नखिपोटस्थित लोहाचोकमा बस्दै आएका थिए। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार, मगर दिलबहादुर आलेको खाजा घरमा खाजा खान भनी प्रवेश गरी टेबुलमा बसेका थिए। तर, केही समयमै उनी टेबुलमै लडेर अचेत भए र त्यहीं उनको मृत्यु भयो।

    घटनापछि उनलाई पाटन अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले रातोपाटीलाई दिएको जानकारीअनुसार घटनालाई शङ्कास्पद मानी अनुसन्धान अगाडि बढाइएको छ।

    "पोस्टमार्टम रिपोर्टको आधारमा मृत्युको कारण पुष्टि हुने छ र सोहीअनुसार थप अनुसन्धान गरिनेछ," एसपी जोशीले भने।

    हाल मृतकको शव पाटन अस्पतालमा पोस्टमार्टमको प्रक्रियामा रहेको छ।

    प्रहरीले घटनास्थल र आसपासका क्षेत्रको विवरण संकलन गरिरहेको छ भने होटल सञ्चालक तथा प्रत्यक्षदर्शीहरूसँग बयान लिने कार्य पनि सुरु गरिसकेको जनाएको छ।