२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीको आग्रह: 'झोले भन्दैमा सत्य नछाडौं'

उनले आलोचना र लाञ्छनाप्रति प्रतिक्रिया दिँदै ‘झोले’ भनेर खेदिएको भन्दैमा सत्य अँगाल्न नछाड्न आग्रह गरेका छन्।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १०८
  • काठमाडौं, असार १९ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने आलोचना र लाञ्छनाप्रति प्रतिक्रिया दिँदै ‘झोले’ भनेर खेदिएको भन्दैमा सत्य अँगाल्न नछाड्न आग्रह गरेका छन्।

    सोमबार बिहान फेसबुकमा एक स्ट्याटस लेख्दै उनले हिजोआज एउटै व्यक्तिलाई भगवान बनाउने प्रवृत्ति हावी भइरहेको र सामूहिकतामा विश्वास राख्नेहरूलाई झोले भनेर लखेटिन थालिएकोप्रति चिन्ता व्यक्त गरे।

    उनले लेखेका छन्, “हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ। भिडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ।”

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्तिबाट होसियार रहनसमेत जनसमुदायलाई आग्रह गरेका छन्।

    “सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ,” उनले भने।