२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजीनामा होइन, संसदमा जवाफ दिन्छु : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आफू राजीनामा नदिने अडान पुनः दोहोर्‍याएका छन् ।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १०१
  • काठमाडौं, जेठ २१ - गृहमन्त्री रमेश लेखकले आफू राजीनामा नदिने अडान पुनः दोहोर्‍याएका छन् ।

    भिजिट भिसा प्रकरणमा उठेका विवादबीच बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले संसदमै सबै प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए ।

    गृहमन्त्री लेखकले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयप्रति सांसदहरूको चासो स्वाभाविक हो ।

    तर, समितिको बैठकमा दिएको जवाफले सबैको जिज्ञासा मेटिँदैन । त्यसैले मलाई प्रतिनिधि सभामा बोल्ने मौका दिइयोस्, म उठेका सबै प्रश्नको जवाफ दिन्छु ।”

    विपक्षी दलहरूले गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा संलग्न भएको आरोप लगाउँदै लामो समयदेखि राजीनामाको माग गरिरहेका छन् । सोही मुद्दालाई लिएर संसदसमेत पटक–पटक अवरुद्ध भइरहेको छ ।

    समितिको बैठकमा सांसदहरूले प्रश्न गरेपछि मन्त्री लेखकले स्पष्ट रुपमा भने, “म राजीनामा दिन्न, बरु सबै प्रश्नहरूको उत्तर संसदको रोस्ट्रमबाट दिन चाहन्छु । त्यसका लागि वातावरण बनाउन सबैको सहयोग आवश्यक छ ।”

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ, जसमा गृहमन्त्री लेखकले संसदमा प्रत्यक्ष रूपमा जवाफ दिने सम्भावना रहेको छ ।