२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमालेमा उमेरहद र कार्यकाल सीमाको बहस तीव्र, ओली–पोखरेलबीच मतभेद

नेकपा (एमाले) भित्र ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकालको सीमाबारे बहस तीव्र भएको छ।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ८७
  • काठमाडौं, जेठ ३० - नेकपा (एमाले) भित्र ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकालको सीमाबारे बहस तीव्र भएको छ।

    अनेरास्ववियुको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले उमेरहदको व्यवस्था फेल भएको भन्दै नेतृत्व उमेरले तय नहुने धारणा राखेपछि बहस चुलिएको हो।

    ओलीको भनाइपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू भने उमेरहद र कार्यकाल सीमा राख्नुपर्ने पक्षमा रहेको बताएका छन्। उनले महाधिवेशनले गरेको निर्णयको पक्षमा सधैं उभिने स्पष्ट पारे।

    यो मतभेदपछि एमालेभित्र ध्रुवीकरण देखिन थालेको छ। कतिपय नेताले बहसलाई बेमौसमी भनेका छन् भने अरूले विधान अधिवेशन नजिकिँदै गर्दा यस्तो छलफल स्वाभाविक भएको बताएका छन्।

    एमालेले भदौ २०–२२ मा विधान अधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसका लागि संगठन विभागले सुझाव संकलनको प्रक्रिया अघि बढाइसकेको छ। अब सचिवालय बैठकपछि विधान संशोधनको औपचारिक तयारी हुने बताइएको छ।