२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाली कांग्रेसद्वारा आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्ने

सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ७५
  • काठमाडौं, असार ३ – सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि (बुधबार) बिहान ८:३० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

    यसअघि असार १५ गतेका लागि तय गरिएको बैठकलाई एकाएक सारेर भोलि बस्ने निर्णय भएको भन्दै पौडेलले यसलाई 'आकस्मिक बैठक' भनिएको जानकारी दिए।

    बैठकको कार्यसूचीमा कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्नुका साथै अन्य विषयमा पनि छलफल हुने बताइएको छ।

    मुख्यसचिव पौडेलले यसअघि पनि यस्ता दुःखद घटनापछि बैठक बोलाउने परम्परा रहँदै आएको उल्लेख गर्दै यसपटकको बैठक पनि त्यही क्रममा भएको बताए।

    बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।