२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओली देउवा र प्रचण्डसँग छलफलको तयारीमा

ली संक्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग उच्चस्तरीय राजनीतिक छलफलको तयारीमा रहेका छन्।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ८१
  • काठमाडौं, असार ५ – प्रधानमन्त्री केपी शर्मा ओली संक्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग उच्चस्तरीय राजनीतिक छलफलको तयारीमा रहेका छन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त बैठकको पहल गरिएको हो। देउवा छलफलका लागि तयार भए पनि प्रचण्ड काठमाडौं बाहिर रहेका कारण बैठक हुन नसकेको सचिवालयले जनाएको छ।

    “मंगलबार साँझ प्रचण्ड चितवनबाट काठमाडौं फर्कने भनिएपछि बुधबार बैठक राखिएको थियो, तर उहाँ आउनुभएन। आज दिउँसो २ बजे बस्ने भनिएको छ, तर प्रचण्ड कहिले फर्किने भन्नेमा अनिश्चितता छ,” प्रधानमन्त्री सचिवालयका एक अधिकारीले बताए।

    तीन दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगको काममा हस्तक्षेप नगरी पीडितका गुनासा कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने तयारी छ।

    स्रोतका अनुसार प्रचण्ड काठमाडौं फर्किएपछि प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच संयुक्त छलफल हुनेछ। यतिबेला कांग्रेस र एमालेबीच भने निरन्तर संवाद जारी छ र बुधबार साँझ पनि ती नेताहरूबीच छलफल भएको थियो।