२२ असार २०८२ आईतबार | 06 Jul 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्रीको प्रश्नोत्तरअघि सभामुखले रास्वपासँग गरे छलफल

ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अघि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग छलफल गरेका छन्।



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ११४
  • काठमाडौं, असार ६ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अघि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग छलफल गरेका छन्।

    सभामुख घिमिरेले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग बिहान छलफल गरेका हुन्। संसदको सम्भावित कार्यसूचीअनुसार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पहिलो नम्बरमा राखिएको छ।

    सभामुख घिमिरेले प्रधानमन्त्रीको सम्बोधन निर्वाध रूपमा सञ्चालन होस् भन्ने उद्देश्यले रास्वपा नेताहरूसँग संवाद गर्दै आफ्नो विरोधको स्वरूप बदलेर वा स्थगन गरेर सहयोग गर्न आग्रह गरेका छन्। उनले अघिल्ला अभ्यासहरूमा प्रधानमन्त्रीको सम्बोधनका बेला अवरोध नगर्ने परम्परा रहेको स्मरण गराएका थिए।

    यसअघि रास्वपा सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर रूपमा संसदमा नाराबाजी र वेल घेर्ने कार्य गर्दै आएका छन्। सोही कारण संसद अवरुद्ध हुँदै आएको छ।

    सभामुखले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम संसदको गरिमा र उत्तरदायित्वपूर्ण बहसका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबै दलहरूको सहकार्यमा बैठक सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    अब रास्वपाले संसदमा कसरी प्रस्तुत हुन्छ भन्ने कुराले बैठकको गति निर्धारण गर्नेछ।