२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गाजामा इजरायली सेनाको गोलीबारी, कम्तीमा २३ प्यालेस्टिनीको मृत्यु

इजरायली सेनाले गाजापट्टीमा राहत सामग्री वितरण केन्द्र नजिकै गोली चलाउँदा कम्तीमा २३ जना प्यालेस्टिनीको मृत्यु भएको छ।



  • एजेन्सीको सहयोगमा
  • १ बर्ष अघि
  • पाठक संख्या २५२
  • गाजा, असार ६ – इजरायली सेनाले गाजापट्टीमा राहत सामग्री वितरण केन्द्र नजिकै गोली चलाउँदा कम्तीमा २३ जना प्यालेस्टिनीको मृत्यु भएको छ। बिहीबार राति भएको यस घटनामा राहत सामग्रीको पर्खाइमा रहेका सर्वसाधारण लक्षित बनेका हुन्।

    गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, मृतकहरू सबै इजरायली आक्रमणको शिकार भएका हुन्। “प्रायः प्रत्येक दिन राहत सामग्रीको आशामा भेला भएका निहत्था नागरिकहरू इजरायली हमलामा ज्यान गुमाउँदै आएका छन्,” गाजाका एक स्वास्थ्यकर्मीले बताए।

    हालसम्म घटनाबारे इजरायली सेनाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। तर यसअघि उसले भिड नियन्त्रित गर्न चेतावनीस्वरूप गोली चलाउने भनाइ दिएको थियो।

    गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, गत महिनाको अन्त्यदेखि अहिलेसम्म मात्रै राहत लिन जम्मा भएका ४०० भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान गइसकेको छ।

    स्थिति थप तनावपूर्ण बन्दै गएको गाजामा मानवीय संकट दिनप्रतिदिन गहिरिँदै गएको देखिन्छ।