२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

इरानले इजरायलतर्फ मिसाइल प्रहार, इजरायली सेनाले हवाई सुरक्षा प्रणाली सक्रिय गर्‍यो

आक्रमणपछि इजरायली सेनाले खतरा जनाउने साइरन बजाउँदै नागरिकहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।



  • एजेन्सीको सहयोगमा
  • १ बर्ष अघि
  • पाठक संख्या २७५
  • काठमाडौं, असार १० - इरानले इजरायली भूमीतर्फ मिसाइल प्रहार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको दाबी गरे पनि इरानी अधिकारीहरूले त्यसलाई खारेज गरेका छन्। सोही सन्दर्भमा इरानले इजरायलमाथि आक्रमण गरेको हो।

    फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार इजरायली सेनाले इरानबाट मिसाइल प्रहार सुरु भएको पुष्टि गरेको छ। आक्रमणपछि इजरायली सेनाले खतरा जनाउने साइरन बजाउँदै नागरिकहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

    इजरायली सेनाले देशका विभिन्न स्थानहरूमा साइरन बजाइएको र हवाई सुरक्षा प्रणाली पूर्ण रूपमा सक्रिय गरिएको जानकारी दिएको छ। मिसाइलहरूलाई आकासमै रोक्ने प्रयास भइरहेको समेत सेनाले जनाएको छ।

    टाइम्स अफ इजरायलका अनुसार उत्तरी र दक्षिणी इजरायलका क्षेत्रमा सतर्कता स्वरुप साइरन बजाइएको हो। स्थिति तनावपूर्ण बन्दै गएको छ भने अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरिरहेका छन्।