२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, पाँच जना पक्राउ

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको छ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १६६
  • काठमाडौं, असार १३ - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

    मृतक बालिका निशा तामाङमाथि असार १० गते सामूहिक बलात्कार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए।

    उनका अनुसार बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार गरेपछि हत्या गरेका थिए। शव नांगो अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

    अनुसन्धानको क्रममा बालिकाकै गाउँका आफन्त नातेदारसहित पाँच जना पक्राउ परेका छन्। ती पाँचै जनालाई शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

    प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र दोषीमाथि कानुनी कारबाही अघि बढाइने स्पष्ट पारेको छ। बालिकामाथि भएको यस जघन्य अपराधले स्थानीय बासिन्दामाझ आक्रोश फैलिएको छ। पीडित परिवारले दोषीलाई कडा सजायको माग गरेका छन्।