३ असोज २०८२ शुक्रबार | 19 Sep 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु, प्रतिव्यक्ति १० लाख क्षतिपूर्ति



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ७९
  • काठमाडौं, भदौ २९ - जारी जेनजी आन्दोलन थप हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

    मुख्य सचिव एकनारायण अर्यालका अनुसार निधन हुनेमध्ये ५९ जना आन्दोलनकारी, १० जना कैदी र ३ जना सुरक्षाकर्मी रहेका छन्।

    यस्तै, १३३ जना आन्दोलनकारी र ५७ सुरक्षाकर्मी घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनमा ज्यान गुमाउने सबैलाई शहीद घोषणा गर्दै प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरिएको जानकारी दिएकी छन्। घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय समेत सरकारले गरेको छ।

    आन्दोलनको क्रममा विभिन्न जिल्लाका सरकारी र निजी भवनहरूमा तोडफोड भएको विवरण प्राप्त भएको छ।