२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ट्रम्पको अभिव्यक्तिविरुद्ध जापानमा विरोध प्रदर्शन

ट्रम्पको टिप्पणीविरुद्ध बिहीबार हिरोशिमामा आणविक बम आक्रमणबाट बाँचेकाहरूले विरोध प्रदर्शन गरेका थिए।



  • एजेन्सीको सहयोगमा
  • १ बर्ष अघि
  • पाठक संख्या २४३
  • काठमाडौं, असार १३ — इरानमाथिको हालैको अमेरिकी आक्रमणलाई हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बमसँग तुलना गरेपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिविरुद्ध जापानमा विरोध प्रदर्शन भएको छ।

    ट्रम्पले इरानको आणविक केन्द्रमा गरिएको आक्रमणलाई सन् १९४५ मा जापानका दुई सहरमा गरिएको परमाणु आक्रमणसँग तुलना गर्दै भनेका थिए, “म हिरोशिमा र नागासाकीको उदाहरण दिन चाहन्न, तर यो मूलतः उस्तै हो।”

    उनको यस भनाइप्रति जापान सरकार र त्यहाँका जनप्रतिनिधिहरूले कडा आपत्ति जनाएका छन्। नागासाकीका मेयर शिरो सुजुकीले ट्रम्पको टिप्पणीप्रति दुःख व्यक्त गर्दै भने, “यदि ट्रम्पको टिप्पणीले परमाणु बम खसाल्नुलाई जायज ठहराउँछ भने त्यो हाम्रो लागि अत्यन्तै खेदजनक छ।”

    सन् १९४५ को अगस्टमा अमेरिकाले हिरोशिमा र नागासाकीमा खसालेको परमाणु बमका कारण झन्डै १ लाख ४० हजार मानिसको ज्यान गएको थियो। आक्रमणबाट बचेका व्यक्तिहरू अझै पनि मानसिक पीडा र क्यान्सरको जोखिमसँग संघर्ष गरिरहेका छन्।

    ट्रम्पको टिप्पणीविरुद्ध बिहीबार हिरोशिमामा आणविक बम आक्रमणबाट बाँचेकाहरूले विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ट्रम्पलाई सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्।