६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नुवाकोटमा खेतको आलीबाट लड्दा ११ वर्षीय बालकको निधन

नुवाकोटको पन्चकन्या गाउँपालिका–५, भद्रुटारमा एक ११ वर्षीय बालकको खेतको आलीबाट लडेर ज्यान गएको छ।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ९७
  • नुवाकोट, असार ३० - नुवाकोटको पन्चकन्या गाउँपालिका–५, भद्रुटारमा एक ११ वर्षीय बालकको खेतको आलीबाट लडेर ज्यान गएको छ।

    घरनजिकैको खेतमा खेल्दाखेल्दै लडेका मनिष गिरी गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको हो। घटनाबारे जानकारी दिँदै छिमेकी दीपक कार्कीले मनिषलाई उद्दार गरी अस्पताल पुर्‍याइएको भए पनि बचाउन नसकिएको बताए।

    मनिष काठमाडौंको तारकेश्वरस्थित कौशल अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत थिए। विद्यालयको विदाका अवसरमा उनी केही दिनका लागि गाउँ गएका थिए।

    मनिषका बाबु उद्धव गिरी रोजगारीका लागि साउदी अरबमा छन् भने आमा १० वर्षअघि भूकम्पमा ज्यान गुमाएकी थिइन्। मातृस्नेह गुमाइसकेका मनिषको असामयिक निधनले गाउँमा शोकको छायाँ छाएको छ।