६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गगन थापाद्वारा मन्त्री गुप्ताको बर्खास्तीको माग, प्रधानमन्त्रीलाई कडा सन्देश



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ११३
  • काठमाडौं, असार ३० - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता २५ लाख रुपैयाँ घूस प्रकरणमा मुछिएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीव्र आग्रह गरेका छन् – गुप्तालाई तत्काल बर्खास्त गरियोस्।

    कांग्रेसको बुद्धिजीवी विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा थापाले मन्त्री गुप्ताको अडियो सार्वजनिक भइसकेको अवस्थामा समेत सरकार मौन बस्नु आपत्तिजनक भएको बताए। उनले भने, "गल्ती गरेको छैन भने राजीनामा दिएर छानबिन गर भन्नुपर्थ्यो। तर न त उनले राजीनामा दिए, न त कुनै जिम्मेवारी देखाए।"

    थापाले प्रधानमन्त्री ओलीलाई सिधा चेतावनी दिँदै भने, "अब टिप्पणी नै गर्नु नपरोस् भनेर चुप लागेका थियौँ। तर परिस्थिति बोल्न बाध्य बनाइरहेको छ। प्रधानमन्त्रीज्यू, तपाईंका मन्त्रीलाई अब ढिलो नगरी बर्खास्त गर्नुहोस्।"

    उनले घटनाको गम्भीर अनुसन्धान हुनुपर्ने र दोषी देखिए कडा कारबाही हुनुपर्ने पनि जोड दिए।

    यसअघि मन्त्री गुप्ताले २५ लाख रुपैयाँ घूस मागेको अडियो सार्वजनिक भएको थियो, जसपछि राजनीतिक वृत्तमा चर्को आलोचना भइरहेको छ। विपक्षी नेताहरूले यसलाई सरकारभित्र मौलाएको भ्रष्टाचारको उदाहरणका रूपमा लिएका छन्।