२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कैलालीमा विष खुवाएर शिक्षकको हत्या, तीन जना पक्राउ

कैलालीमा विष खुवाएर एक शिक्षकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १५८
  • कैलाली, साउन ५ - कैलालीमा विष खुवाएर एक शिक्षकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र चारकठ्ठा, टीकापुर–१ निवासी ३२ वर्षीय वीरेन्द्र हमाल रहेका छन्।

    धनगढीका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु प्रकरणमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मृतक पन्त जानकी गाउँपालिका–४ स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत थिए।

    शनिबार दिउँसो उनले साथीहरूसँग खाजा खाइरहेका बेला अकस्मात बेहोस भएपछि टीकापुर अस्पताल लगिएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरे।

    पन्तको मृत्यु शंकास्पद देखिएपछि परिवारको जाहेरीका आधारमा अनुसन्धान थालिएको थियो। अनुसन्धानका क्रममा विष सेवन गराइएको आशंका पुष्टि हुन थालेपछि उनीहरूमाथि पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए।

    पक्राउ परेका तीनै जनामाथि हाल विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।