२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजस्थानमा विद्यालयको छत भत्किँदा तीन बालबालिकाको ज्यान गयो, ३० भन्दा बढी घाइते



  • एजेन्सीको सहयोगमा
  • १ बर्ष अघि
  • पाठक संख्या ३४५
  • झालावाड, साउन ९ — भारतको राजस्थान राज्यमा रहेको एक सरकारी विद्यालयमा भयानक दुर्घटना हुँदा तीन बालबालिकाले ज्यान गुमाएका छन् भने करिब ३० जना घाइते भएका छन्।

    झालावाड जिल्लास्थित मनोहर प्रहरी चौकी नजिकै रहेको विद्यालयको भवनको छत अचानक भत्किँदा सो दुर्घटना भएको हो।

    दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो। स्थानीयवासीको सहयोगमा भग्नावशेषबाट घाइते र मृत बालबालिकालाई निकालिएको जनाइएको छ। घाइतेहरूमा केही शिक्षक पनि परेको बताइएको छ। उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।

    राजस्थानका शिक्षामन्त्री मदन दिलावरले दुर्घटनामा तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्। यता, लापरवाहीको आरोपमा शिक्षा विभागले पाँच शिक्षकलाई निलम्बन गरेको छ। जिल्ला शिक्षा अधिकारी नरसिंह मीना नेतृत्वमा प्रारम्भिक छानबिन सुरु गरिएको छ।

    प्रहरीले घटनाको विस्तृत अनुसन्धान अगाडि बढाएको जनाएको छ।