६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एजुकेसनल कन्सल्टेन्सीहरूमा कारबाही : तीनलाई जरिवाना, कैयौंलाई चेतावनी



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या १०९
  • काठमाडौं, साउन १४ - शिक्षा मन्त्रालयको अनुमति नलिई अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि तीनवटा एजुकेसनल कन्सल्टेन्सीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ।

    मंगलबार सम्पन्न बजार अनुगमनको क्रममा विभागले काठमाडौं महानगरपालिका–४ स्थित स्टडी हब ग्लोबल प्रा.लि. लाई ६० हजार, मध्यपुर ठिमी–४ को हिमालयन एजुकेसनल ग्रुप सर्भिस लाई ५१ हजार र काठमाडौं–१४ स्थित प्रिज्म इन्टरनेसनल ल्याङ्ग्वेज प्रा.लि. लाई ५० हजार रुपैयाँ गरी कुल १ लाख ६१ हजार रुपैयाँ जरिवाना तिराएको हो।

    शिक्षा मन्त्रालयबाट अनुमति नलिई सञ्चालनमा रहेका कन्सल्टेन्सीहरू उपभोक्तालाई ठगिएको उजुरीका आधारमा विभागले साउन १ गतेदेखि अनुगमन सुरू गरेको थियो।

    अनुगमनका क्रममा भेटिएका अन्य तीन कन्सल्टेन्सीलाई विभागले कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ भने थप ९ वटा कन्सल्टेन्सीहरूलाई सामान्य निर्देशन मात्र दिएको छ।

    विभागका अनुसार हालसम्म अनुगमनमा परेका ७० प्रतिशत कन्सल्टेन्सीहरू बिना दर्ता वा मन्त्रालयको अनुमति विना नै सञ्चालनमा रहेको पाइएका छन्। विभागले उपभोक्ताको हक अधिकार सुरक्षित गर्न अनुगमनलाई निरन्तरता दिने बताएको छ।