२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रूस नजिक ८.८ म्याग्निच्युडको भूकम्प, जापान र अमेरिकामा सुनामीको चेतावनी



  • एजेन्सीको सहयोगमा
  • १ बर्ष अघि
  • पाठक संख्या ३४१
  • काठमाडौं, साउन १४ - मंगलबार रूसको पूर्वी कामचटका प्रायद्वीप नजिकै ८.८ म्याग्निच्युडको तीव्र शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि जापान, अमेरिका लगायतका मुलुकमा सुनामीको उच्च जोखिम देखिएपछि चेतावनी जारी गरिएको छ।

    अमेरिकाको पश्चिमी तटमा सुनामीका छालहरू पुगिसकेको जानकारी आएको छ। उत्तरी क्यालिफोर्नियाको क्रेसेन्ट सिटीमा ३.६ फिट (१.०९ मिटर) अग्ला छालहरू मापन गरिएका छन्।

    राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केप मेन्डोसिनोदेखि ओरेगन राज्यको सिमाना क्षेत्रसम्म सतर्कता अपनाउन सुझाव दिएको छ। पछिल्लो जानकारी अनुसार एरिना कोभ क्षेत्रमा सुरुमा १.६ फिट (०.४८ मिटर) उचाइका छाल देखिएकोमा पछि ती छालहरू करिब ३ फिट (०.९ मिटर) सम्म पुगेका छन्।

    प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षाका उपाय अपनाउन र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।