२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईँसहित ४ जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४३
  • काठमाडौं, साउन १६ -पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा संलग्न भएको आरोपमा पुर्पक्ष थुनामा पठाइएका दुर्गा प्रसाईँसहित चार जनाले दिएको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

    २०८१ चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा आयोजित राजावादी प्रदर्शनमा अवाञ्छित गतिविधि घर आगजनी र सरकारी सवारीसाधनमा तोडफोड गरेको आरोपमा जिल्ला अदालतले उनीहरूलाई पुर्पक्ष थुनामा पठाउने आदेश दिएको थियो।

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईँसहित ७ जनालाई राज्यविरुद्धको कसुर र ज्यान मुद्दामा पुर्पक्षमा राख्ने आदेश गरेको थियो। सो आदेशविरुद्ध दुर्गा प्रसाईँ, सुशील बराल, डण्डपाणि रेग्मी र 'तारा राजावादी' का नामले चिनिने सरोज गौतमले असार ६ गते उच्च अदालतमा निवेदन दिएका थिए।

    उक्त निवेदनमाथि बिहीबार उच्च अदालत पाटनको संयुक्त इजलास न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठमा सुनुवाइ सुरु भएको हो। बिहीबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर शुक्रबारका लागि पेशी सारिएको हो।

    प्रसाईँले नेतृत्व गरेको प्रदर्शनपछि उनीमाथि राज्यविरुद्धको अभियोग लाग्दै आएको छ भने उक्त मुद्दालाई राजनीतिक रूपमा पनि विश्लेषण गरिँदै आएको छ। अब उच्च अदालतको निर्णयले मुद्दाको दिशा निर्धारण गर्नेछ।