१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

टीपीएस खारेजको निर्णयमा रोक : अमेरिका बसिरहेका नेपालीलाई राहत



  • एजेन्सीको सहयोगमा
  • ९ महिना अघि
  • पाठक संख्या २८२
  • काठमाडौं, साउन १६ — संयुक्त राज्य अमेरिकामा अस्थायी संरक्षित स्थिति (टीपीएस) मा रहेर बसिरहेका नेपाली नागरिकहरूले तत्काल अमेरिका छोड्नुपर्ने अवस्था अब टरेको छ।

    होमल्याण्ड सेक्युरिटी विभागले टीपीएस नविकरण नगर्ने निर्णय गरेपछि अमेरिका बसोबास गरिरहेका करिब ६० हजार नेपाली, निकारागुवा र होन्डुरसका नागरिकहरू प्रभावित हुने निश्चित जस्तै देखिएको थियो।

    तर, अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रान्सिस्कोको एक संघीय अदालतमा उक्त निर्णयविरुद्ध मुद्दा दायर गरिएको थियो। मंगलबार प्रारम्भिक सुनुवाइ भएको सो मुद्दामा बिहीबार अदालतले टीपीएस खारेजसम्बन्धी कार्यान्वयन तत्कालका लागि रोक्न आदेश दिएको छ।

    अदालतले आगामी नोभेम्बर १८, २०२५ मा पुनः सुनुवाइ गर्ने उल्लेख गर्दै सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीलाई टीपीएस खारेजको प्रक्रिया रोक्न निर्देशन दिएको हो।

    यो निर्णयपछि नेपालीसहित अन्य प्रभावित नागरिकहरूले राहतको अनुभूति गरेका छन्। यदि अदालतले यस्तो आदेश नदिएको भए आउँदो अगस्ट ५ भित्र उनीहरूले अमेरिका छाड्नुपर्ने अवस्था आउने थियो।

    नेशनल टीपीएस अलायन्सलगायत अधिकार समूहहरूले यो खारेजको विरोधमा मुद्दा दायर गरेका थिए। अदालतको आदेशले अमेरिकामा टीपीएसको भरमा बसेका हजारौंको भविष्यमा केही समयको लागि भए पनि आशाको किरण दिएको छ।