६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेकपा (विप्लव) को निष्कर्ष: माओवादी केन्द्रसँग तत्काल एकता सम्भव छैन



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ८४
  • काठमाडौँ, साउन २० – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नहुने ठहर गरेको छ। बरु पार्टीले आफ्नै नेतृत्वमा माओवादी धारहरूलाई समेट्ने रणनीति अघि बढाउने निर्णय लिएको छ।

    पार्टीको स्थायी कमिटी बैठक सोमबार साँझ बसेको थियो, जहाँ नेकपा माओवादी केन्द्रले गरेको एकता प्रस्तावबारे गहन छलफल भएको थियो। बैठकले एकताको प्रस्ताव तत्काल कार्यान्वयन गर्न सकिने अवस्था नरहेको भन्दै स्पष्ट कारण र आधार प्रस्तुत नगरी एकता सम्भव नहुने निष्कर्ष निकालेको हो।

    पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' का अनुसार, “हाम्रो नीति माओवादी धार र क्रान्तिकारी समूहहरूसँग एकता र ध्रुवीकरणको नै हो। तर, माओवादी केन्द्रले एकताको औचित्य र आधार स्पष्ट नगरेसम्म तत्काल एकता सम्भव छैन।”

    देश गम्भीर राजनीतिक सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेकपाले त्यसको समाधानका लागि अगुवाइ गर्ने र समाजवादी गणतन्त्रको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

    बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहितविपरीत रहेको ठहर गर्दै त्यसविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ। उक्त दिन काठमाडौं उपत्यकासहित सातै प्रदेशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गर्ने तयारी गरिएको छ।

    साथै, पार्टीले पछिल्लो राजनीतिक अवस्था मूल्याङ्कन गर्न भदौमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ।