२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य नबनाउने निर्णय सम्मानका लागि हो : महासचिव पोखरेल



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ९६
  • काठमाडौं, साउन २१ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्य नबनाउने निर्णय पार्टीको गरिमा, देशको हित र भण्डारीको सम्मानका लागि भएको स्पष्ट पारेका छन्।

    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा नल्याउनु नै वास्तविक सम्मान भएको उल्लेख गरे। उनले भने, "उहाँ पार्टी सदस्य होइन, देशकी सदाबहार अभिभावकका रूपमा रहने हो भन्ने निष्कर्षमा पार्टी पुगेको छ। यसमा कुनै दुविधा हुनु हुँदैन।"

    उनले पछिल्लो समय भण्डारीप्रति देखिएको आलोचनालाई आपत्तिजनक भन्दै तत्काल रोक्न आग्रह गरे। "पूर्वराष्ट्रपति भण्डारीप्रति भइरहेको नकारात्मक टिप्पणीहरू अनुचित छन्। यस्तो व्यवहार उहाँको गरिमा र प्रतिष्ठामा आँच पुर्‍याउने कार्य हो," पोखरेलले जोड दिए।

    महासचिव पोखरेलले पूर्वराष्ट्रपति र एमालेबीच दूरी देखाउन खोज्ने प्रयासको पनि खण्डन गर्दै भने, "विद्या भण्डारी भर्सेस एमाले भन्ने हल्ला अब समाप्त भइसकेको छ। यस्तो कुनै द्वन्द्व थियो नै, छैन पनि।"

    उनले पार्टीले गरेको निर्णयलाई सबैले सकारात्मक रूपमा बुझ्नुपर्नेमा जोड दिँदै पूर्वराष्ट्रपतिका बारेमा गरिने टिप्पणीमा संयम अपनाउन सबै पक्षसँग आग्रह गरे।