२६ साउन २०८२ सोमबार | 11 Aug 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माओवादी नेताका सन्तानलाई सरकारी विद्यालयमै पढाउने तयारी, विदेश पढ्न प्रतिबन्ध लगाउने प्रस्ताव



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ६५
  • काठमाडौं, साउन २२ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेताका छोराछोरीलाई अब सार्वजनिक विद्यालयमा अनिवार्य रूपमा पढाउनुपर्ने नीति लागू गर्ने तयारीमा रहेको बताएका छन्।

    अखिल क्रान्तिकारीद्वारा आयोजित शैक्षिक संवाद कार्यक्रममा बिहीबार बोल्दै प्रचण्डले पार्टीको नेतृत्व तहका सबै नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने र विदेश पठाउन नपाउने प्रस्तावमाथि अन्तिम छलफल भइरहेको जानकारी दिए।

    ‘स्थानीय सरकार प्रमुखहरूका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने निर्णय पहिले नै लागू भइसकेको छ,’ उनले भने, ‘अब केन्द्रका नेताहरूका छोराछोरी पनि सरकारी स्कुलमा पढ्नुपर्ने, निजी स्कुल र विदेश जान नमिल्ने गरी निर्णय गर्दैछौं।’

    प्रचण्डले आफ्नै परिवारलाई उदाहरण दिँदै भने, ‘म पार्टीको ठूलो नेता हुँ। मेरा छोराछोरी विदेशमा पढ्न गएका छैनन्। हामी सबै नेताहरूले पनि यही बाटो समात्नुपर्छ भन्ने सोचमा छौं।’

    उनका अनुसार पार्टीभित्र छलफल चलिरहेको छ र चाँडै उक्त नीतिगत निर्णय सार्वजनिक गरिनेछ। यस कदमले नेताहरूको व्यवहारमा पारदर्शिता र जनभावनाको सम्मान हुने अपेक्षा गरिएको छ।

    यो निर्णय लागू भएमा माओवादी नेताहरूको जीवनशैली र व्यवहारमा आम नागरिकसँगको दूरी कम हुने विश्वास गरिएको छ।