२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रुपन्देही–३ उपनिर्वाचन तयारीसहित रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण तय



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १०८
  • भैरहवा, साउन २७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशले दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। प्रशिक्षण भदौ ३० र ३१ गते रुपन्देहीको भैरहवामा हुनेछ।

    रास्वपा लुम्बिनी प्रदेश उपसभापति सालिकराम घिमिरेका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। उक्त कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डिपी आचार्य, उपसभापति स्वर्णीम वाग्ले, प्रवक्ता मनिष झा र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलगायत नेताहरूले प्रशिक्षण दिनेछन्।

    प्रशिक्षणमा पार्टी सबलीकरण, रुपन्देही–३ को उपनिर्वाचन, सदस्य वृद्धि लगायतका विषयमा छलफल हुनेछ। कार्यक्रममा प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समिति, प्रदेश विभागका सदस्य तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहनेछ।