२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ११३
  • काठमाडौं, २९ साउन – जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्यगत एकताको औपचारिक घोषणा गरेका छन्।

    कार्यक्रममा जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकताका लागि समझदारीपत्रमा हस्ताक्षर गरे। दुबै पक्षले यो एकतालाई “एकता उन्मुख कार्यगत एकता” भएको बताए।

    अशोक राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भइ आएका थिए भने राजेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भइ आएका हुन्।