२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीको मृत्यु, ३० भन्दा बढी बिरामी



  • क्वालिटी खबर
  • १२ महिना अघि
  • पाठक संख्या ४६०
  • काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण तीन दिनमा ९ जना नेपालीको मृत्यु भएको छ भने ३० भन्दा बढी कामदार बिरामी परेका छन्।

    नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार, मृत्यु भएकाहरूको शव नेपाल पठाउने प्रक्रिया दूतावासले अघि बढाइरहेको छ।

    उनले भने, “हामी कुवेतका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं र घटनाको विस्तृत विवरण संकलन गरिरहेका छौं। प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउने सबै आवश्यक व्यवस्थाहरू गरिनेछ।”

    कुवेतमा मदिरा सेवनमा कडा प्रतिबन्ध रहेको भए पनि लुकीछिपी बिक्री हुने मदिरा सेवन गर्दा नेपाली कामदारहरू प्रभावित भएको आचार्यले जानकारी दिए। हाल कुवेतमा करिब १ लाख ३० हजार नेपाली कार्यरत छन्।