१२ फागुन २०८२ मंगलबार | 24 Feb 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तेलअभिभमा नेपालीहरूको प्रदर्शन : विपिन जोशीको रिहाइको माग



  • क्वालिटी खबर
  • ६ महिना अघि
  • पाठक संख्या १५३
  • तेलअभिभ, भदौ १ — कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि इजरायलको तेलअभिभमा नेपाली समुदायले शनिबार विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा समेत सहभागी भई आँसुझैं अपिल गरेका थिए।

    प्लेकार्ड र झण्डासहित भेला भएका नेपालीहरूसँगै इजरायली अधिकारकर्मी र मानवअधिकार अभियन्ताहरू पनि उपस्थित थिए। सो क्रममा भावुक हुँदै विपिनकी बहिनी पुष्पाले भनिन्, “दादा! म तिम्रो न्यानो अँगालो र आवाजलाई धेरै मिस गर्छु। तिमी कसैसँग दुस्मनी गर्न आएका थिएनौ, पढ्नका लागि मात्र इजरायल आएका थियौ।”

    आमा पद्माले पनि संचार माध्यमसँग कुरा गर्दै भनिन्, “म मेरो छोरो विपिनलाई लिन आएकी हुँ। कृपया छोरालाई मुक्त गराइदिनुहोस्, सबैलाई हार्दिक अनुरोध छ।”

    नेपाल सरकारले समेत विपिनको रिहाइका लागि कूटनीतिक पहललाई निरन्तरता दिइरहेको भए पनि उनको अवस्था अझै अज्ञात छ। हमासले २०२३ अक्टोबर ७ मा इजरायलको किबुजमा गरेको आक्रमणपछि विपिन सम्पर्कविहीन बनेका हुन्।

    उक्त घटनामा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनसहित २५१ जनालाई हमासले बन्धक बनाएको थियो। कतिपयलाई युद्धविरामको क्रममा मुक्त गरिए पनि विपिन अझै फिर्ता भएका छैनन्।