२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सचिवालयको खुलासा : सभामुखलाई भेटेरै जानकारी दिएकी थिइन् उपसभामुख



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ११९
  • काठमाडौं, भदौ ६ - उपसभामुख इन्दिरा राना मगर अमेरिकातर्फ प्रस्थान गर्दा सभामुखलाई बिना जानकारी गएको भन्ने प्रश्न संसदमै उठेपछि उनको सचिवालयले आधिकारिक पत्र सार्वजनिक गरेको छ।

    सचिवालयका अनुसार उपसभामुखले अमेरिका जानेबारे सभामुखलाई भेटेर जानकारी गराएको मात्र नभई साउन २१ गते औपचारिक पत्रसमेत बुझाइएको थियो। उक्त पत्रमा साउन ३० गते अमेरिका प्रस्थान र भदौ १३ गते फर्किने उल्लेख गरिएको छ।

    यसअघि संसद्मा राना मगर ‘बिना जानकारी अमेरिका गइन्’ भन्ने आलोचना भएपछि स्पष्टता दिन उनका सहयोगीहरूले सो पत्र सार्वजनिक गरेका हुन्।