२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विदेशमा नेपालीको मृत्यु दर बढ्दो, एक महिनामै १७४ शव स्वदेश फर्किए



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या २२१
  • काठमाडौं, भदौ ८ – वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरूको मृत्यु दर अझै पनि चिन्ताजनक बनेको छ। पछिल्लो एक महिनाभित्र मात्रै १७४ जना नेपालीको शव विभिन्न मुलुकबाट स्वदेश ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

    साउन महिनामा दैनिक औसत ४ देखि ५ वटा कफिन नेपाल ल्याइएका थिए। मृत्यु हुनेहरूको संख्या सबैभन्दा बढी कुवेत, मलेसिया, साउदी अरेबिया, कतार र दक्षिण कोरियाबाट आएको तथ्यांकमा देखिन्छ।

    आर्थिक वर्ष २०८१/८२ मा मात्र वैदेशिक रोजगारीमा रहेका १ हजार २५५ जना नेपालीको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको अभिलेखले देखाउँछ। यो संख्या बोर्डमार्फत आर्थिक सहायता लिएका परिवारको आधारमा तयार पारिएको हो। तर प्रहरीको तथ्यांक अनुसार सोही अवधिमा मृत्यु हुनेको संख्या अझै धेरै, १ हजार ४०१ पुगेको छ।

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने १ हजार ४५५ जनाले वैदेशिक भूमिमा ज्यान गुमाएका थिए। वैदेशिक रोजगार बढ्दै जाँदा यस्ता घटनाले प्रवासी नेपाली श्रमिकको सुरक्षा र स्वास्थ्यबारे गम्भीर प्रश्न उठाइरहेको श्रमिक अधिकारकर्मीहरूको भनाइ छ।