२१ असार २०८३ आईतबार | 05 Jul 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हिरासतको अनुभवसहित रवीन्द्र मिश्रको नयाँ कविता संग्रह ‘माथिको आदेश छ’ सार्वजनिक हुने



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या ४५७
  • काठमाडौं, भदौ ९ – राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले प्रहरी हिरासतमा बिताएका दिनलाई कवितामा उतारेका छन्। उनले ५० दिनको हिरासत अवधिमा लेखेका ३५ कवितालाई समेटेर तयार गरिएको नयाँ कृति ‘माथिको आदेश छ’ भदौ २८ गते सार्वजनिक हुँदैछ।

    मिश्रका अनुसार, हिरासत जीवनमा अनुभूत पीडा, आत्मसंघर्ष र आन्तरिक आर्तनाद नै कवितामा रुपान्तरण भएका हुन्। “यी कविता हिरासतको ‘म’ को आवाज हुन्, बाध्यताले जन्माएका सन्तान हुन्,” मिश्रले भने।

    उनले छोटो अवधिमा यति धेरै कविता लेख्नु आफ्नो जीवनकै असामान्य अनुभव भएको बताए। “कहिले एकै दिन दुई कविता पनि लेखियो। त्यति छोटो अवधिमा यति धेरै कविता लेखेको यो पहिलो पटक हो,” उनको भनाइ छ।

    यो संग्रह मिश्रको दोस्रो कविता कृति हो। यसअघि सन् २०७१ मा उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ प्रकाशित भएको थियो। नयाँ संग्रह फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याउने भएको छ।